लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रलाय

स्वास्थ्य निर्देशनालय

पाल्पा अस्पताल

तानसेन , पाल्पा

अजयमान कर्मचार्य

अस्पताल विकास समिति अध्यक्ष

डा.सुजन काफ्ले

MD GENERAL PRACTICE AND EMERGENCY MEDICINE

पाल्पा अस्पताल राणाकालिन समयमा बुटवलमा फैलिरहने हैजा रोक्नको लागि शिवराज अस्पताल बहादुरगंज, पृथ्वीवीर अस्पताल परासी र पछि भीम अस्पताल भैरहवा जस्तै पृथ्वी चन्द्र अस्पतालको रुपमा पाल्पामा शुरु भएको पाइन्छ । राजा पृथ्वीवीर र प्रधानमन्त्री चन्द्र शम्सेरको पालामा शुरु भएको र भवनको माथि PCH पूथ्वी चन्द्र अस्पताल देख्न सकिन्छ । अस्पतालको लागि ७ रोपनी जमिन र त्यसमा खानेपानीको लागि टंकी र करुवाको लागि घरको पनि व्यवस्था भएको देखिन्छ । भवन कहिले बन्यो, कहिले थपियो यसमा प्रयोग भएको निर्माण सामाग्रीबाट अनुमान गर्न सकिन्छ । आर्थिक वर्ष २०७७/७८ मा यस अस्पताललाई लुम्बिनी प्रदेश सरकारले ५० शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरेको थियो भने हाल आएर आ.व.२०८१/८२ को दरवन्दी संरचना अनुसार ६४ जना कर्मचारीको दरबन्दी रहेको छ ।